पत्रकारलाई गाँउपालिका अध्यक्षको ज्यान मार्ने धम्की



कालिकोट। जिल्लाको शुभकालिका गाँउपालिका अध्यक्ष खडानन्द चौलागाईले पत्रकार वीरेन्द्र आचार्यलगाएत चार जनालाई ज्यान मार्ने धम्कि दिएका छन्।

रेडियो सान्नी त्रिबेणीका स्टेसन मेनेजर तथा हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार आचार्यसहित, शुभकालिका स्थानीय लबराज शाही, नन्दाकृष्ण अधिकारी, पत्रकार तथा नागरिककर्मी रमेश सुनारलाई ज्यान मार्ने धम्कि दिएका हुन्।

अध्यक्ष चौलागाईले आफ्ना कार्यकर्ताहरु धेरै भएकोर माथि उल्लेखित चार जनालाई जता भेटायो त्यतै मार्दिनु भनि कार्यकर्तालाई आदेश दिएकाे   ‘फोन रेकर्ड’ कर्णाली सन्देशलाई प्राप्त भएको छ।

पत्रकार आचार्यले समचार लेखेको तथा अन्य तिन जनाले सामाजिक सञ्जाल फेसबुकमा तथानाम लेखेकाे भन्दै आफ्ना कार्यकर्ताहरुले जता भेटायो त्यतै मारिदिन कार्यकर्तालाई निर्देशन दिएको फोन रेकर्डमा सुन्न सकिन्छ।

अडियाेमा पत्रकार तथा अन्यलाई कार्यकर्ता पठाएर हात खुट्टा काटेर फाल्नसमेत निर्देशन दिइएको छ। आफ्ना कार्यकर्ता धिरेन्द्र आचार्यले पहिलेदेखि नै हान्छु भनिरहेको तर आफूले हान्न नदिएकाे र पहिले फोन मार्फत नन्दाकृष्ण अधिकारीलाई धम्काउन लगाएको फोन मार्फत बताएका छन्।

पत्रकारहलाई अध्यक्ष चौलागाईंले सामाजिक सञ्जाल र समाचारमा आफ्ना विरुद्धमा लेख्नुपूर्व आफूसँग डिल गर्नुपर्ने खालको आसय व्यक्त गरेका छन्। यसका बारेमा थप जानकारी लिन अध्यक्ष चौलागाईंसँग कुराकानी गर्न खोज्दा उनको मोबाइल फोन सम्पर्क हुन सकेन।

यो पनि पढ्नुहोस्

शुभकालिका गाउँपालिका अध्यक्षको कमिसन धन्दा