काठमाडौँ। राजधानीको सीतापाइलमा २२ वर्षीया एक युवतीमाथि एसिड प्रहार भएको छ।
ओखलढुंगा घर भई हाल सीतापाइलमा बस्ने युवतीमाथि बिहीबार साँझ एसिड आक्रमण भएको हो। उनी दही किन्न भनि डेराबाट बाहिर निस्केको बेला एसिड प्रहार भएको प्रहरीले जानकारी दिएको छ।
उनलाई कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न सकेको छैन। उनको मुखमा एसिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको छ।