जनार्दनको बारेमा ‘प्रचण्ड’ को सचिवालयले मुख खोल्यो



काठामाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्ड र सो पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्मालाई जोडेर आएका भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको स्पस्ट पारेको छ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बिहीबार त्यस्ता समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाउँदै भ्रामक प्रचारहरुमा कुनै सत्यता नरहेको प्रस्ट पारेका हुन्।

‘केही दिनयता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्यको सम्बन्ध केही दिनयता विभिन्न सञ्चारमाध्यममा अध्यक्ष प्रचण्ड र जनार्दन शर्मा ‘प्रभाकर’का बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ’, सापकोटाले जारी गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषता हुन्। तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ।

प्रचण्डको सचिवालयले पार्टी एकतादेखि आजसम्म प्रचण्डलाई प्रभाकरले सहयोग गर्दै आएको र पार्टीभित्रको आन्तरिक बहसमा पनि पार्टी एकताको पक्षमा रहेको प्रचण्डको सचिवालयले जनाएको छ। ‘पार्टी एकतादेखि आजसम्मको काममा प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आउनुभएको छ।

अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो। प्रभाकरमाथि अध्यक्ष प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछ’, सचिवालयले भनेको छ।