हिमाको खर्च बिवरण सार्वजनिक गर्न नेता शाहीको माग



जुम्ला। नेपाली कांग्रेस जुम्लाका युवा नेता तथा गगठन विभाग प्रमुख लक्ष्मण शाहीले जिल्लाको हिमा गाउँपालिकासँग कोरोना महामारीको नाममा भए/गरिएकाे खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन्।

नेता शाहीले कोरोना महामारीको नाममा स्थानीय सरकारले चरम लापरबाही गरेको भन्दै हरेक नागरिकलाई सामाजिक सरोकार राख्ने विषयका बारेमा जान्न पाउने संवैधानिक हकको पालना गर्दै गापालाई उक्त खर्चको विवरण आम नागरिकका बीचमा सार्वजनिक गर्न ध्यानाकर्ष गरेका छन्।

साथै नेता शाहीले संघीय विपद् व्यवस्थापन कार्यविधिको उल्लंघन गरेको समेत दाबी गरेका छन्। नेता शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘काभिड-१९ सम्बन्धि खर्च विवरण र राहतको नाममा म्याद सकिएको नुन वितरण त्यस्तै नेपाल सरकार, संघीय विपद् व्यवस्थापन कार्यविधिको उल्लंघन गरेर राहत वितरण गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ। मनपरि रुपमा विकासका योजना वितरण गरिएको र चरम भ्रष्टाचार भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण छ।’

२०७४ सालको स्थानीय निर्वाचनमा शाही हिमा गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी हुन्। उनले कोरोना महामारीमा स्थानीय जनतालाई सचेत र सतर्क रहनेदेखि राहत वितरणसम्मका कार्यमा सहभागि भएका थिए।

विज्ञप्ति