बितेको २४ घण्टामा ३० जना कोरोना संक्रमित थपिए



सुर्खेत। कर्णाली पद्रेशमा बितेको २४ घण्टामा थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बिहीबार पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेका छन्। दैलेखको आठबीस नगरपालिका वडानम्बर १ का दुई महिलासहित ११ जना रहेका छन्। उनीहरु ४ देखि ४१ वर्षका छन्। सोही नगरपालिकाको वडानम्बर ७ का एकजना पुरुष संक्रमित भएका छन्।

यस्तै, दैलेखकै महाबु गाउँपालिका वडानम्बर १ का १४ देखि ७३ वर्षका ८ जना पुरुष रहेका छन्। महाबुकै वडानम्बर ३, ४ र ५ का ४९ देखि ७० वर्षका तीनजना पुरुष पनि संक्रमित भएका छन्। दैलेखका अर्का एकजना संक्रमित डुङ्गेश्वर गाउँपालिका १ का पुरुष हुन् ।

यस्तै सुर्खेतका संक्रमित भेरीगंगा नगरपालिका १, ४ र ८ नम्बर वडाका तीनजना पुरुष र चौकुन गाउँपालिका वडानम्बर ७ का दुई महिला रहेका छन्।
एकजना सल्यानको छत्रेश्वरी गाउँपालिका(३ का ३८ वर्षीय पुरुष रहेका छन्। यससँगै कर्णालीमा कोरोना स्क्रमितको संख्या १८१३ पुगेको छ।

हालसम्म प्रदेशमा १५५२ जना संक्रमित डिस्चार्ज भएका छन्। बिहीबारमात्रै ६ जना डिस्चार्ज भएका हुन्। कर्णालीमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या २५५ रहेको छ भने ६ जनाको मृत्यु भइसकेको छ।