कोरोना अपडेट: १ सय ४७ थपिए, १२ हजार घरफर्किए



काठमाडौँ। बितेको २४ घण्टामा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उपत्यकामा ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। संक्रमितमा भक्तपुरका २, काठमाडौंका ५ र ललितपुरका २ रहेका छन्।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज उपत्यकाका ९ सहित १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए।

योसँगै कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ। यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेका छन्।