युवा प्रशिक्षण कार्यक्रमको संयोजकमा कर्ण



काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रीय अध्यक्ष एवं संविधान सभा सदस्य रञ्जित कर्ण कांग्रेस केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, युवा प्रशिक्षण कार्यक्रमको (संयोजकमा) युवा पुस्तालाई प्रशिक्षण कार्यक्रम सञ्चालन र संयोजन गर्न केन्द्रीय संयोजोकको जिम्मेवारी पाएका छन्।

काँग्रेस उपसभापति एवं केन्द्रीय निती, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक बिमलेन्द्र निधिले प्रतिष्ठानका सदस्यसमेत रहेका कर्णलाई नेपाली काँग्रेस बिधान २०१७ को (संसोधनसहित) धारा ३६ को १ (क) (ङ) र ३६ २ (ग) बमोजिम युवा पुस्तालाई प्रशिक्षण कार्यक्रम संञ्चालन र संयोजन गर्न संयोजकको जिम्मेवारी दिएका हुन्। नेता कर्ण पार्टिमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट मानिन्छन्।