काठमाडौँ। मुलुकको सबैभन्दा पूरानो र सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयले निकालेको एउटा सूचना सामाजिक सञ्जालमा भाइरल बनेको छ।
एउटै सूचनामा २३ वटाभन्दा धेरै त्रुटि भेटिएपछि सर्वथा चर्चा र आलोचना भएको छ। त्रिविबाटै नेपाली भाषाको भद्या मजाक हुनुलाई स्वभाविक रुपमा लिन सकिँदैन। साउन ६ गते जारी सूचनामा वर्णविन्यासका साथै मितिसमेत गल्ती लेखिएको छ।
अनुच्छेदको सातौं हरफमा २०७७ हुनुपर्नेमा २०७६ छ। रोचक पक्ष त १३ हरफको सूचनामा रहेका १५५ वटा शब्द एकै अनुच्छेदमा लेखिएको छ। प्राज्ञिक निकायद्वारा जारी गरिएको सूचनामा नेपाली भाषाको वर्णविन्यासलाई पटक्कै ख्याल गरिएको छैन।
सूचनामा लेखिएका ‘सम्बन्धि’, ‘रुप’, संभावित’, हरु, ‘विदा’, ‘दिइदै’ जस्ता शब्द गल्ती हुन्। यस्तै पदयोग र पदवियोगमा ख्याल गरिएको छैन। एकै वाक्यमा लेखिएको उक्त सूचनामा के भनिएको भन्ने बुझ्न निकै बेर घोत्लिनुपर्छ।