राजेन्द्र राईको नजर रामकुमारी झाँक्री



काठमाडौँ। कम्युनिष्टहरु आफूलाई विश्वकै सभ्य, सिद्धान्तनिष्ट र प्रगतिशील दाबी गर्छन्। तर, नेपाली कम्युनिष्टहरु के वैचारिक बाटोमा अविचलित छन् ? उनीहरु नातावाद, भ्रष्टाचार, स्वेच्छाचारीता बिना बाँच्न सक्छन् ? यि प्रतिनिधि प्रश्नले नेपाली कम्युनिष्टहरुबाट उचित जवाफ पाउने देखिदैन।

सभ्य र अनुसाशनको कोर्णबाट हेर्दा त झ्नै उनीहरु उग्र, अहम, घमण्डी र पाखण्डि देखिन्छन्। यसको असली उदाहारण एउटा गुटले अर्को गुटका नेतृत्वहरुमाथि खासगरी युवा पुस्ता यस्ता गैर जिम्मेवार अव्यक्ति हेरे पुग्छ।

सत्तारुण (नेकपा) निकट अनेरास्ववियूका नेता तथा कार्यकर्ताहरुले प्रयोग गर्ने शब्द, भाषा, प्रस्तुत तर्क र विश्लेषण झ्न लाजमर्दो छन्। जो कि उनीहरुलाई भोलिका नेता भनिन्छ। उनीहरु आफैले पनि भविष्यमा देशको बागडोर सम्हाल्ने हकदार सम्झिन्छन्।

पछिल्लो समय नेकपाकी केन्द्रीय सदस्य तथा अनेरास्ववियुकी पूर्व अध्यक्ष, प्रष्ट वक्ता, खरो टिप्पणी र विश्लेषक रामकुमारी झाँक्रीलाई लिएर तथानाम गालिहरु भइरहेका छन्। खासगरी झाँक्रीले आफ्नो पार्टीभित्रका अराजक र भ्रष्टाचारको विषयका बारेमा निर्धक्क बोल्दै आएकी छन्। उनै झाँक्रीका बारेमा अखिलका पूर्वअध्यक्ष तथा प्रदेश नम्बर १ सांसद राजेन्द्र राई सामाजिक सञ्जाल फेशबुकमा लेख्छन्,

कमरेड, राम कुमारी झाँक्री,

अभिवादन अनि सलाम।

‘तपाईं माथि भई रहेको गालीको बौछार देखिरहेको छु, हेरिरहेको छु। मलाई थाहा छ, तपाईं आफैं गरिबी र संघर्षकोभुङ्ग्रोमा खारिएको स्पात हो, त्यसैले जस्तासुकै गाली, धाक, प्रलोभन केहीले पनि तपाईंलाई गलाउन, ढलाउन सक्ने छैन। तर यति मात्र स्मरण गराउन खोजेको की, म, हामी र खासमा लाखौं लाख हामी तपाईंको साथमा छौं।

तपाईंलाई राम्रोसँग थाहा छ, खासमा, गाली गर्नेहरु नजन्मिएको भए यो विवाद, लड़ाई सुरु नै हुने थिएन, त्यसैले यो लड़ाई गाली गर्ने र नगर्ने वा गाली गर्नु हुन्न भन्नेहरु बीचको, कम्युनिस्ट संस्कृति, संस्कार भत्काउने र बचाउने बीचको पनि हो, त्यसैले आफ्नो ठाउँ नछाडी डटी रहनुस् र

तपाईंले पक्कै बिर्सिनु भएको छैन हामीले सडकमा गणतन्त्रको लागि नारा लगाइरहँदा, संघर्ष गरिरहदा हाम्रा पार्टीका अहिलेका ठूला ठूला मान्छेहरूले हामीलाई अराजक करार गरिरहेका थिए, पार्टीको औपचारिक बैठकमा हामीमाथि कारबाहीको माग गरिरहेका थिए, अनेरास्ववियु भित्रै पनि गणतन्त्र पास गराउन कहाँको सजिलो भाको थियो। तर, तपाईं-हामी डगेनौं, भागेनौं, परिणाम सबको सामु हाजिर छ।

कुरा यति हो, फेरि पनि, देशले, पार्टीले तपाईं, हाम्रो संकल्प र अभियानको माग गर्यो, सहिद र योद्धाहरूको बलिदानबाट यहाँ सम्म आएको कम्युनिस्ट पार्टीलाई नामको मात्र होइन कम्निस्ट चरित्र र गुण सहितको कम्युनिस्ट पार्टी बनाउने, ठूलो पार्टी मात्र होइन असल कम्युनिस्ट पार्टी बनाउने, नेताको सुख आनन्दको लागि मात्र सत्तामा पुग्ने होइन।

सत्तालाई देश र जनताको मुहार फेर्ने, पिल्सिएका, हेपिएका जनताको खुसियाली ल्याउने, साँच्चो खालको समाजवाद ल्याउने साधनको रुपमा प्रयोग गर्ने कम्युनिस्ट पार्टी बनाउने सङ्कल्प, अभियानको अपेक्षा गर्यो, त्यसैले डेग नछाडी डटीरहनुस, म, हामी, सबै न्यायप्रेमी तपाईंको साथमा छौं, हुने छौं, सबै आउने छन्, तपाईंको रातो रगतको मूल्यमा गणतन्त्र आए जस्तै त्यो दिन आउनेछ, नयाँ दिन आउने छ, उज्यालो दिन आउनेछ।’