काठमाडौँ। करिब एक सय ३० दिको अन्तरालपछि लकडाउन हटेको छ। अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छन्।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिएका छन्।
भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ। मन्त्री खतिवडाका अनुसार सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको जोर विजोर व्यवस्था हटेको छ।