आगामी भदौ १ गतेबाट आन्तरिक तथा बाह्य उडान खुल्ने



काठमाडौँ। विगत चार महिनादेखी लकडाउनका कारण अवरुद्ध बनेको हवाईसेवा सञ्चान हुने भएको छ।

सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन्।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ। अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको भट्टराईले बताए। उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।