काठमाडौँ। ‘मेमोरी किङ’ को परिचय बनाएका कालिकोटका वियज शाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।
पछिल्लो समय शाहीले अदभुत क्षमता प्रदर्शन गरेर विश्वलाई नयाँ सन्देश प्रसारण गरेका छन्। नेकपाका नेता तथा राष्ट्रियसभा सदस्य जीवन बुढालगायतका नेताहरुले शाहीलाई अधयक्ष प्रचण्डसँग भेट गएका हुन्।
सोमबार शाहीले प्रचण्ड निवास खुमलटारमा ८ मिनेटमा ६४० पेजको पुस्तक पढेर अनि सोधिएका प्रश्नहरुको सहि उत्तरसमेत दिएर आफ्नो अदभूत क्षमता प्रदर्शन गरेका थिए। केही दिन पहिले उनले एक हजार ९९ पजेको किताब १० मिनेटमै पढेर सक्याएका थिए। त्यसपछि उनले चाइनीज पुस्तक पढेर पुनः लेख्न लगाउदा उनले सिमित समयमै लेखेर देखाएका थिए।
राष्ट्रियसभा सदस्य बुढाले प्रचण्डको भनाईलाई उदृत गर्दै भने, ‘अध्यक्ष प्रचण्डले विजयको क्षमतालाई अदभुत भन्नु भएको छ। तर, वैज्ञानिक रुपमा परिक्षण नभएका कारण यो कसरी सम्भव भयो ? यसका बारेमा सरकार संरक्षण बन्छ। यस्ता प्रतिभाहरुको जन्म नेपालमा विभिन्न कालखण्डमा भएका छन्। जस्तो अरनिको, गौतमबुद्ध यसका उदाहारण हुन्। पछिल्लो समयमा विजय जन्मेका छन्। उनकाे क्षमताका बारेमा म सरकार र पार्टीको स्थाीय समितिमा कुरा उठाउछु।’
कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा सदस्य बुढाले विजयका बारेमा सरकारले तत्तकाल उचित कदम लिनुपर्ने बताए। साथै उनले सरकारका आवश्यक निकायमा भेट गराउने र उनका बारेमा के-के गर्न सकिन्छ? उनले चाहेको शिक्षा प्राणाली र स्मरण शक्तिलाई तेज बनाउने आइडिया आम नेपालीहरुमा लागू गर्ने कुराका साथै वैज्ञानिक ढंगले सम्बोधन गर्नका लागि आफू लागि परेको बताए।
शाहीलाई अल्वर्टआइन स्टाइनसँग तुलना गर्न थालिएको छ। यधपी उनको दिमाग कति गतिमा चलेको छ भन्ने कुरा भने जाचिएपछि मात्रै थाह हुनेछ। हाल दृश्यमा देखिएका कुराहरुले शाहीको दिमाग निक्कै तेज गतिमा चलेकाे अड्कल हुन थालेका छन्।
तस्बिर: तिलक उपाध्याय