२४ घण्टाभित्र १८६ जनामा कोरोना भाइरस पुष्टि



काठमाडौँ। बितेको २४ घण्टामा नेपालमा थप १८६ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

नियमित प्रेस ब्रिफिङमा गौतमले हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएकासहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको बताए।

पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर परीक्षण भएको छ। थप १७३ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ८६८ पुगेको छ। अहिलेसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएको पनि गौतमले बताए।