काठमाडौँ। दैलेखी युवा गायक खगेन्द्र दुलाल र शर्मिला तामाङको स्वरमा नयाँ तीज भाका बजारमा आएको छ।
‘नाच माया नाच’ शीर्षकको गीतका शब्द सुनिता क्षेत्रीले रचना गरेकी हुन् भने भाका विनोद दुलालले तयार पारेका हुन्।
काजीश श्रेष्ठले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र रुविना अधिकारीको अभिनय देख्न सकिन्छ। अजय रेग्मीको छायांकन रहेको गीतको म्युजिक भिडियो सम्पादन दिपक बिष्टले गरेका छन्।