२० वर्ष पुराना ४ जना मजदुरलाई श्रेष्ठ टेलरिङले विदा गर्यो



तस्बिरः भरत परियारको फेशबुकबाट साभार

काठमाडौँ। देशकाे विभिन्न स्थानमा स्थापना भएको र चर्चा कमाउन सफल श्रेष्ठ टेलरिङ सेन्टर काठमाडाैँले चार जना मजदुरलाई बिदाई गरेको छ।

विगत २० वर्षदेखि सेन्टरमा काम गर्दै आएका ६० वर्षमाथिका चार जना मजदुरलाई सम्मान पत्रकासाथै उपदान स्वरुप एक लाख १४ हजारका हेण्ड क्याससहित बिदा गरेकाे जनाएकाे छ।

संस्थाका सञ्चालक बाबुकाजी श्रेष्ठले आजको यात्रासम्म आउदा साथ दिएकोमा ति मजदुरहरलाई धन्यवाद दिएका छन्। उनले बाँकी जीवन खुशीका साथ बिताेस् भन्ने कामना गरेका थिए।

हिजाे ‘शनिबार’ एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई बिदा गरिएको अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर संघ, श्रेष्ठ कारखाना इकाइ समितिका अध्यक्ष भरत परियारले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

यसरी २०औं वर्षसम्म एउटा नीजि संस्था श्रेष्ठ टेलरिङ सेन्टरमा काम गरेर उमेरहदका कारण घर फर्किनेमा ७२ वर्षीय राम दर्शन धारी, (काठमाडौं), ६५ वर्षीय वीरबहादुर परियार (उदयपुर), ६२ वर्षीय प्रेमलाल महर्जन, (काठमाडौँ), ६१ वर्षका हरिगोपाल डंगोल (काठमाडौँ रहेका छन्।