फाइल तस्बिर: दीपेन्द्र हमाल
काठमाडौँ। यातायात व्यवसायीहरु सोमबारदेखि सार्वजनिक बस सञ्चालन गर्ने जनाएका छन्।
सरकारले गत असार २६ गतेबाट छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो। तर, सावर्वजनिक यातायात व्यवसायीहरुले बस सञ्चालन गर्न मानेका थिएनन्। मौद्रिक नीतिले यातायात व्यवसायीहरुका माग सम्बोधन गरेपछि गाडी चलाउन राजी भएका हुन्।
आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन्। विभागका महानिर्देशक गोगनबहादुर हमालले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइकासाथ लागू गर्न आग्रह गरेका छन्।