मुलुक र पार्टीका निम्ति सतिसाल बनेर कहिले उभिने ?



काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूकी केन्द्रीय सदस्य आरती भण्डारीले सुगाको भाषाभन्दा बाहिर आउन आग्रह गरेकी छन्।

खासगरी विद्यार्थीनेता तर्फ इंगित गर्दै भण्डारीले आफ्नो गुटको नेतृत्वले के भन्छ त्यहि आफ्नो धारणा बनाउला भनेर बस्ने धन्दा बनेको टिप्पणी गरेकी छन्।

उनले आइतबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अहिले मेरो नेताको अभिव्यक्ति आईसकेको छैन, मेरो गुटको नेताले जे बोल्नुहुन्छ, म पनि त्यही बोल्छु भनेर प्रतीक्षा गर्ने बानी कहिले हट्छ साथिहरु ? हाम्रो धन्दा अहिले कसले के के कमजोरी गरे भन्नेमा मात्रै सिमित छ। आफ्नो गुटका नेतालाइ जोगाउँदै फरक गुटका नेतालाई खुईल्याउने होडबाजी नै चलेको छ।’

उनले अगाडि लेखेकी छन्, ‘तर के हामी सबैले बिगतमा गरिएका कमिकमजोरीलाई भुलेर, आत्मालोचना गरेर, सबै नेता कार्यकर्ताले पार्टीको सिद्धान्त र विचारलाई आत्मसात गर्दै एक पटक मुलुकको भविष्यका खातिर सतिसाल बनेर उभिन आह्वान गर्यौँ त ? नेतादेखी कार्यकर्तासम्म सबैले आफ्नो हैसियत बिर्सिएर अझै सुगा जसरी अरुको भाषा बोल्दैछौँ,हामिले आफुलाई स्वतन्त्र बनाउन किन सकिरहेका छैनौँ।’