काठमाडौँ। नेपाल–भारत सीमामा अवस्थित ४३६ नम्बरको सीमा स्तम्भ उखेलिएकाे पाँच घण्टापछि पुनः सोही स्थानमै गाडिएको छ।
पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ दुवै देशका स्थानीय स्तरका सीमा सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्षको रोहबरमा शनिबार राति ९ बजे पहिलेकै स्थानमा पिलर गाडिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिएका छन्।
‘नरकटियागंजस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीका सेकेन्ड इन कमान्डेड अनिल सिंह नेतृत्वको टोली सीमा स्तम्भ उखेलिएको ठाउँमा आएको थियो।
प्रहरी निरीक्षक दाहालका अनुसार इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साह, ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ तथा भारतका तर्फबाट एसएसबीका सेकेन्ड इन कमाण्डेड सिंह र भिखना ठोरीस्थित एसएसबीका इन्सपेक्टर प्रमित जैसवालको रोहबरमा उखेलिएको पिलर यथास्थानमै गाडिएको हो।