प्युठानमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु



प्यठान। प्युठानमा गएराति ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु२च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो। दुर्घटनामा एक जना बाँच्न सफल भएका छन्।

सो ट्याक्टर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै थियो। दुर्घटनामा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

दुर्घटनामा मृत्यु भएका कसैको पनि सनाखत भएको छैन। ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ। वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।