गायिक एवं प्रस्तोता शितलको तीज गीत (भिडियोसहित)



काठमाडौँ। गायिका तथा प्रस्तोता शिलत शर्माको नयाँ तीज गीत बजारमा आएको छ।

गायिका शर्मा र प्रकाश पराजुलीको स्वर रहेको गीतका शब्द नवराज पन्तले रचना गरेका छन् भने प्रकाशको संगीत रहेको छ। त्यस्तै रविन लामिछाने, घमन थापा, सरु थापा र अमृत नेपालीको कोरस आवाज छ।

गीतमा शितल शर्मासहित शिभन पोखरेल, गरिमा शर्मा, निरु खड्कालगायत कलाकारको अभिनय रहेको छ। करण चैसिरले छायांकन गरेको गीतको म्युजिक भिडियो सम्पादन मनोज कार्कीले गरेका छन्।