सजिए चुरा पोतेका पसल, किन्ने मान्छे छैनन् (फोटो फिचर)



काठमाडौँ। गत वर्षको साउने झरीमा रुज्दै भिज्दै पसलमा पुगेर चुरा पोते किन्नेहरुको भिड लागेको देखिन्थ्यो।

तर, समय एकनास कहाँ रहन्छ र ? गत वर्षको भन्दा ठिक उल्टो अहिले पसलहरु सुनसान प्रायः छन्। चुरा पोतेले नारीलाई पर्खिरहेका छन्।

कोरोना महामारीका कारण विश्वमानव दुनियाँ त्रसित बन्यो। मानवियसँगै आर्थिक, सामाजिक र राजनीतिक क्षेत्र कोरोनाबाट प्रभावित बन्यो।

कोरोनाबाट खासगरी ब्यापार, व्यवसाय, उद्योगहरु प्रभावित बने। ब्यापारिक केन्द्रहरु सुनसान छन्। हुदाँ खाने मानिसहरु बाँच्नकै लागि संघर्ष गरिरहेका छन्। हुने खाने वर्गहरुको उपभोगमा अबको बजारको निर्भर रहेन देखिन्छ। नेपाली नारीहरुको चाँड हरितालिका तीज आउँदैछ।

साउनको महिना खासगरी हरियो लगाउने महिनाका रुपमा लिइन्छ। तर, न्यु रोड काठमाडौँ आसपासका चरा पोते पसलेहरु ग्राहक कुर्दै गरेको देखिन्छन्। ब्यापार ठप्पै छ।

तस्बिर: मुकुन्द कालिकोटे