कपाल झरिरहेको छ ? यी खानेकुरा सेवन गर्नुहोस्



काठमाडौँ। कपाल झर्दा जो कोहिलाई पनि चिन्ता लाग्न सक्छ। सुन्दरताका लागि स्वस्थ्य कपाल पनि कुन आवश्यक छ। यदि कपाल टुक्रिन वा झर्न थाल्यो भने स्वास्थ्य समस्या भएको हुनसक्छ।

वास्तवमा स्वास्थ्य विशेषज्ञका अनुसार कपाल झर्ने समस्या खानेकुरा र जीवनशैलीसँग सम्बन्धित हुन्छ। यदि तपाईंको खाना स्वस्थ्य छ भने तपाईंको कपाल पनि स्वस्थ्य हुन्छ।

पेटमा कुनै पनि समस्या छैन भने कपाल झर्ने समस्या पनि हुँदैन। हाम्रो शरीरको पूरासम्बन्ध पेटसँग हुन्छ। यदि शरीरको एक अंगमा समस्या छ भने त्यसको प्रत्यक्ष असर अर्को अंगमा पर्छ। त्यस्तै, पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण शरीरका पूरै अंगलाई असर पर्छ।

पेटको स्वास्थ्य समस्याका कारण कपालमा पनि थुप्रै समस्या देखापर्छन्। अनुसन्धानका अनुसार एक स्वस्थ्य आन्द्राले अलग–अलग माइक्रोअर्गानिज्म ‘सुक्ष्मजीव’ लाई स्वस्थ्य राख्छ। यसको असर शरीरिक प्रक्रियामा पर्छ। त्यस्ता प्रतिक्रियाका असर दिमागसँगै कपालमा पनि पर्छ।

पेटसम्बन्धी स्वास्थ्य आन्द्रासँग सम्बन्धित हुन्छ। आन्द्रा सामान्य एलिमेन्टरी नली होइन, यो जटिल पारिस्थितिक तन्त्र पनि हो। आन्द्रालाई दोस्रो मस्तिष्क पनि भनिन्छ। आन्द्राको सम्बन्ध न्युट्रियन्स, हर्मोन र रोगप्रतिरोधसँग हुन्छ। र, यी सबैलाई एक ठाउँमा मिलाउने काम गर्छ। यसबाट स्पष्ट हुन्छ, यसको सम्बन्ध प्रत्यक्ष रुपमा कपाल झर्ने समस्यासँग हुन्छ।

आन्द्रा र कपाल झर्ने समस्याको सम्बन्ध

हाम्रो पेटमा हजारौं प्रजातिका ब्याक्टेरिया हुन्छ। जसले पाचन प्रक्रियामा सहायता पुर्याउँछ। यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता र मस्तिष्कको स्वास्थ्यलाई पनि नियन्त्रित गर्छ। यद्यपि, राम्रो ब्याक्टेरियाले माइक्रोबियल एन्जाइमलाई बढाउने काम गर्छ जसले सुक्ष्म पोषक तत्व पैदा गर्छ।

यीनै तत्वहरुलाई शरीरका पूरा अंगले प्रयोग गर्ने गर्छ। खानामा भिटामिन के, भिटामिन १२, भिटामिन ३, फोलिक एसिड र बायोटिनलाई कपालसम्म पुर्याउने काम गर्छ। यसले नै कपालको स्वास्थ्यमा असर पुर्याउँछ। त्यसैले शरीरमा राम्रो ब्याक्टेरिया नभएमा कपाल कमजोर हुन्छ र झर्न सुरु हुन्छ।

कपालमा हर्मोनको असर

आन्द्राको माइक्रोबायोटाले शरीरको हर्मोन नियन्त्रित गर्छ। जसमा एस्ट्रोजन, थाइराइड हर्मोन र मेलाटोनिन समावेश हुन्छ। यसले आन्द्राको फ्लोरा हर्मोनलाई पनि नियन्त्रित गर्छ। जसले कपाल झर्न, बढाउन र नयाँ पलाउने जस्ता प्रक्रियालाई असर पुर्याउँछ। त्यसैले यदि कुनै हर्मोनमा परिवर्तन आएमा त्यसको प्रत्यक्ष असर कपालमा पर्छ।

यी खानेकुरा सेवन गर्नुहोस्

कपाललाई स्वस्थ र राम्रो बनाउनका लागि भिटामिन र माइक्रोन्युट्रिएन्टसयुक्त खाना खानुपर्छ। जसको लागि फलफूल, बदाम, हरिया सागसब्जी, माछा, दुब्लो मासु र अण्डा जस्ता खानेकुराहरु खाने गर्नुपर्छ।

यसले पेट र कपाललाई स्वस्थ राख्छ। यसका साथै उच्च फाइबरयुक्त खाना खानुपर्छ। साथै, अर्गानिक र प्राकृतिक खानेकुरा खानुपर्छ। प्रोबायोटिकयुक्त खानेकुराहरु पनि खाने गर्नुपर्छ। यसले कपाल मात्र होइन पेटसँग सम्बन्धित समस्याहरुको समाधान गर्छ।