गायक अधिकारीको तीज गीत ‘छम्किदेउ पानी’



काठमाडौँ। नेपाली गीत संगीतको क्षेत्र पनि अहिले लकडाउनले नाजुक बनेको छ। तीज पनि नजिक आउदै छ। तीज गीत पनि बजारमा बिस्तारै आउदै छन्। यहि क्रममा ‘छम्किदेउ पानी’ बोलको गीत बजारमा आएको छ।

लोकप्रिय गायक सुकदेब अधिकारी र सुनिता ठकुरीको स्वरमा रहेको तीज गीत ‘छम्की देउ पानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘के भनौ हजुर’ र ‘कल्ले बोलायो’ को अपार सफलतापछि अधिकारीको ‘छम्किदेउ पानी’गीत बजारमा आएको हो।

तिलक वलीको शब्द÷संगीत रहेको गीतलाई कृष्ण बिक ‘भान्जा’ ले संगीत संयोजन गरेका छन्। उक्त गीतमा बिमल अधिकारी, अञ्जली अधिकारी र अर्जुन कुँवर ‘पितृ बुढो’ को नृत्य देख्न सकिन्छ। गीतमा काजिश श्रेष्ठको छायांकन, दिपक बिष्टको सम्पादन र श्रेष्ठकै निर्देशन रहेको छ।