ज्याला माग्दा निर्घात कुटपिट, प्रहरी मुखदर्शक



काठमाडौँ। कामगरेको ज्याला माग्दा जाँदा विरगंज महानगरपालिका २२ जगरनाथपुरका एकैपरिवारका ४ जनालाई निर्घात कुटपिट गरिएको छ।

कामगरेको ज्याला माग्न पुगेको सोही परिवारका ४ जना उमेश शाह कानु्, ममेश शाह कानु्, आदेश कानु र रामजी कानु र उनकी आमा बचन कुमारीलाई साहु विहारी शाह र उनका छोरा र भान्जा पुलिस अजय शाह मिलेर निर्धात कुटपिट गरिएको छ।

यसरी भयो घटना

उमेशले विहारी शाहको भुषिया भर्ने काम गरेको थिए। ट्याक्टरमा लोड गर्ने काम गरेको उनले दुईदिनको ज्याला दिनु १६ सय रुपैयाँ दिनु थियो। तर, दुईदिन सम्म ज्याला नदिएपछि उमेश सहितको परिवार १६ रुपैया ज्याल माग्न जाँदा विहारी शाहले धम्की दिदै मेरो भान्जा पुलिस तेरो ज्याला दिन्न भने।

उनीहरुले आफूलृे कामगरेको ज्याला दिन निकै जोड गरे। तर, ज्याला दिन नमानेपछि उनीहरुले पुलीसको धम्कि देखाइ चारै जनालाई विहारीका छोरो रामबाबु शाह र पुलिस मिलेर चारैजनालाई धारिलो हतियार समेत प्रयोगगरि कुटपिट गरे।

उनीहरुलाई कुटपिट गर्दा पनि प्रहरी घटनास्थल सम्म आएन उल्टै भान्जा नाता पर्ने पुलिस अजय कानुले बचनीदेविलाई र उनको छोरा उमेश कानुलाइ प्रहरीकहाँ लगेर बुझाइदिए भने तीन जना ममेश र र आदेशलाई अस्पताल लगेर भर्ना गरिएयो। यतिबेला बेलुका झण्डै ७ बजि सकेको थियो। वडा अध्यक्षले घटनाको सबै बुझेर राती १० बजे प्रहरीका गएर बचनदेविलाई छुट्याएर ल्याएका थिए।

अहिले भने प्रहरीले घटनामा गाउँमै मिलाउनका लागि दबाब दिर्दै आएका छन्। वडा अध्यक्ष छोरा समिर आलमले अहिले प्रहरीले परिवारबीचको आन्तरिक झगडा भएकाले गाउँमै मिलाउनका लागि दबाद दिएको बताए। ‘अहिले प्रहरीले गाउँमै मिलाउन भनेको भोली छलफल हुने कुरा छ,’ उनले भने।

तर घटनामा संलग्न भनिएका प्रहरी अजय कुमार गुम्ता भने घटना हुदाँ आफ् ति रहेको बताए। आफ्ना दुइपक्ष नाताले मामा पर्ने भएकाले कसैको पनि पक्ष नलिने मनशायले झगडा नछुट्याएको जानकारी दिए।

गुम्ताले भने ‘झगडा भएको थियो मैले दुबैको पक्ष नलिने हुनाले आफ्ले मोबाइलामा भिडियो खिचेर बसेको हुँ तर घटनामा घाइते भनिएकाहरुको कुनैपनि चोटपटक नलागेको र पछि घाइटते दाबी गरेको पिडितले नै बिलेटले काटेर आफ्ुलाई कुटेर घाइते बनाएको हो भन्नेपारेको हो’, गुप्ताले भने।

प्रहरी भएर झगडा मिलाउने कि भिडियो खिच्ने त भन्ने ? अनलाइन पानाको प्रश्नमा गुम्ताले भने ‘दुबैको पक्ष नलिने भएकाले भिडियो खिचेको हुँ।’ तर, त्यहाँका वडाका अध्यक्षले भने कुनै पनि प्रहरीले भनेको कुरामा सत्यता नभएको दाबी गरे। तर, वडा नम्बर २२का वडा अध्यक्षले सतप्रतिशत प्रहरीकै संलग्नतामा झगडा भएको बताए।

झगडा मुख्य जड भनेकै प्रहरी हो। घाइतेलाई लौरोले हानेर घाइते बनाइएको छ। ‘कसरी विलेटले काटेरचोट लागेको भन्न पाइन्छ। वडा अध्यक्ष मोहद ग्यासुदिन मियादले भने,‘ समाजमा अन्य धेरैले देखेका छन् प्रमाण भनेकै समाज हो। भोलीसमाज राखेर प्रहरीसँग कुरा गर्ने छ,’ उनले भने।