काठमाडौँ। सिद्धार्थ राजमार्गमा शुक्रबार बिहानदेखि खस्न सुरु गरेको पहिरोले एउटा ट्रक पुरेको छ।
चालक र सह चालक भने भागेर बाँच्न सफल भएका छन्। तानसेन नगरपालिका वडा नम्वर ८ को गैडेपुल नजिकै माथिबाट गएको पहिरोले लु १ क ११७५ नम्वरको ट्रक पुरेको हो।
पहिरो पन्छाउन दुबै तर्फबाट डोजर लगाइए पनि दिनैभर सडक अबरुद्ध हुन सक्ने पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले बताएका छन्।
त्यहाँको पहिरोका कारण बाग्लुङ्ग, गुल्मी, स्याङ्गजा , पाल्पा र पोखरातर्फ आवत जावत गर्ने यात्रुवाहक र मालवाहक सवारी साधन ठप्प भएका छन् ।