डा. भट्टराईले भने, ‘ओली अहमवादी र मुर्ख साशक हुन्’ (भिडियोसहित)



काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहमवादी र मुर्ख साशकको रुपमा चित्रण गरेका छन्।

राजधानीको हात्तिसारमा गन्तव्य नेपाल ग्रुपले आयोजना गरेको कोरोना डिफेन्स अवार्ड तथा स्वास्थ सामग्री वितरण कार्यक्रममा बोल्दै डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, ‘भनिन्छ, समाजमा तीन प्रकारका मानिस हुन्छन्। सचेत मानिसले आफै कुरा बुझ्छ, मध्यम मानिसले अरुको सुझावलाई ग्रहरण गर्छ। तर, अहम, मूर्ख मानिसले न आफै जान्दछ, न त कसैको कुरा सुन्छ। अहिले अहमवादी र मुर्ख साशकले देश चलाई रहेका छन्। सचेत मानिसले चलाएको देश त राम्रोसँग अगाडि बढ्न सक्दैन। यस्ता मुर्खहरुले चलाएको देश बन्छ? उल्टै दुर्घटनामा पर्छ।’

कारोनाबाट आतंकति नहोऔ, सचेत बनौं

डा. भट्टराईले कोरोनाबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठनले दिएका निर्देशनहरुको पूर्ण पालना गर्न अनुरोध गरेका छन्। उनले भने, ‘हाम्रो देश कोरोनाको उच्च जोखिममै छ। सबैले सामाजिक दुरी कायम गर्नुपर्छ। तर, बिडम्बना कोरोनाबाट बच्न अपनाइने नियम पालना गरौं भोकले मर्ने, नगरौं रोगले मर्ने अवस्था छ। हाम्रो देशको दुःखद पक्ष यहि हो। तर, हामीले कोरोनाबाट आतंकित हुने र लाप्रहबाही गर्ने काम गर्नुहुँदैन।’

डा. भट्टराईले भने, ‘कोरोनाले शाम्रो देशलाई मात्रै होईन, विश्वलाई नै आर्थिक, सामाजि र राजनीतिक रुपमा असर परेको छ। हाम्रो देश भरखरै आर्थिक क्रान्तिको बाटोमा हिड्दै थियो। यहिबेलामा कोरोना जस्तो महामारी आयो। हाम्रो जीवन कालकै सबैभन्दा कठोर र विनासकालका रुपमा आएको कोरोनाबाट आतंकित नभएर सचेत भएर यसबाट बच्नुपर्छ। सबैलाई यहि आग्रह गर्दछु।’

त्यस्तै डा. भट्टराईले मृत प्राय: बनेको पर्यटन क्षेत्रलाई सरकारले ध्यानमा रोखेर उपयुक्त कार्यक्रम ल्याउन सुझाव दिएका छन्। उनले भनेका छन्, ‘हाम्रो पर्यटन क्षेत्र मृत प्राय: बनेको अवस्थामा छ। यसलाई जीवन्त पार्न सरकारले उपयुक्त कदम चाल्नुपर्छ। आन्तरिकत तथा बाह्य उडानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकियो भने देशलाई केही राहत पुग्छ।’

सरकारले व्यवसायी क्षेत्र र मजदुरका बारेमा उपयुक्त कार्यक्रम तय गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका भट्टराईले अन्यदेशले सम्बन्धित क्षेत्रमा पारदर्शीतापूर्ण रुपमा लगानी गरेको र कोरोनालाई नियन्त्रण गर्न सफल भएको दाबी गरे।

उनले भने, ‘विश्वका अन्य देशहरुले कोरोना नियन्त्रणका लागि ट्रिलियन खर्च गरेका छन्। त्यो पनि पारदर्शीताका साथ काम हुन्छ। कोरोनाको नाममा हाम्रो देशमा कमिसन र भ्रष्टाचार हुन्छ।’

भिडियो हेर्नुहोस्