पोदमारा साना जलविद्युत आयोजनाको नहर भत्कियो



कालिकोट। अविरल वर्षापछि कालिकोटमा रहेको एकमात्र पोदमारा साना जलविद्युत आयोजनाको नहर भत्किएपछि नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्।

विहिवार राती परेको अविरल वर्षाका कारण पोदमारा विद्युत गृह नजिकै गएको पहिरोले नहर भत्काएपछि कालिकोट फेरि अन्धकार हुन पुगेको छ। प्रत्येक वर्ष वर्षाका कारणले कालीकोट अन्धकार हुँदै आएको छ।

यस वर्षपछि कालिकोट अन्धकार भएको हो। विहिवार बेलुकाको वर्षाका कारण नहर पहिरोका कारण भत्किएपछि आफूहरु अनुगमनमा जाने नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख मेघराज जोशीले बताए। पोदमारामा पहिरो गएपछि कालीकोटका २ हजार ६ सय ४६ घरधुरी अध्यारोमा बस्न बाध्य हुने भएका छन्।