पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध



पाल्पा। जिल्लाको तानसेन नगरपालिकाको वडा न ८ गौडेपुल नजिकै पहिरो खस्दा आवतजावत अवरुद्ध बनेको छ।

कम्तिमा ४० मिटर जति पहिरोले सडक पुर्दा बुटवल पोखरा र सिद्धार्थ राजमार्ग सडक खण्ड यतिबेला अबरुद्द बनेको छ। सयौं यात्रुहरु बाटोमा अलपत्र परेका छन्।