तस्बिर: अनुराग शाह
काठमाडौँ। विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउदले बैतडीका एक बालकको उपचारका लागि ५५ हजार रुपैयाँ सहयोग गरेकी छन्। उनले शिवांश अवस्थीको उपचारका लागि बुवा महेशप्रसादलाई आर्थिक सहयोग गरेकी हुन्।
शिवांशको कलेजो प्रत्यारोपणमा सहयोग पु¥याउन सहयोग गरेको साउदले बताइन्। उनले अवस्थीलाई ललितपुरको भैंसेपाटीस्थित निवासमै बोलाएर बिहीबार आर्थिक सहयोग गरेको जानकारी दिइन्। शिवांशको कलेजो भारतको चेन्नेईस्थित एक अस्पतालमा प्रत्यारोपण गरिएको हो । उनी २०७६ असोजमा जन्मिएका हुन्।