काठमाडौँ। गायक तथा सर्जक खेम सेन्चुरी र मधु क्षेत्रीको स्वरमा ‘टेबुलमा ऐना छ’ बोलको तीज गीत बजारमा आएको छ।
नेत्र अर्यालको शब्द रचना रहेको गीतको भाका गायक सेन्चुरीले तयार पारेका हुन्।
कृष्ण भान्जाको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन्। नवराज उप्रेतीले गीत दृश्यहरु क्यामेरामा कैद गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका छन्।
गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओवी रायमाझी, लोमस शमा र रुबिना अधिकारीको अभिनय देख्न सकिन्छ।