काठमाडौँ। नेपाल अविकसित देश हो। तर, यहाँ विकासै नभएको भने होइन। हाम्रो देश विभिन्न दातृ संस्था र मित्रराष्ट्रहरुको सहयोगमा विकासको गति लिने क्रममा छ। यसको एक उदाहरण हो वीपी राजमार्ग।
वीपी राजमार्ग २६ अर्ब जापानी येन लगानीमा बनेको हो। एक सय ६० किलोमिटर लम्बाई रहेको यो राजमार्ग करिव २० वर्ष लगाएर निर्माण गरिएको थियो।
राजमार्गलाई व्यवसायिक बनाएर ठूला सवारीसाधन सञ्चालन गर्न दिइरहेमा छिट्टै ध्वस्त हुने प्राविधिकहरु बताउछन्। नेपालकै सुन्दर र रमणीय बातावरणमा सजिएको उक्त राजमार्गलाई थप आर्थिक प्रलोभनका आधारमा ‘दोहन’ गर्ने काम भइरहेको छ। जसमा कारण राजमार्गका विभिन्न भागहरु वर्षेनी भासिने र सडक अवरुद्ध हुने भइरहेको छ।
राजमार्गमा रुट इजाजत नलिएका र सो राजमार्गमा चल्न नपाउने ठूला क्षमताका सवारी नियमित चलिरहेका छन्। १८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध लगाइएको खुर्कोट(सिन्धुली खण्डमा ठूला बस चलिरहेका छन्।
तर, ४० सिटसम्मका बस पनि राजमार्गमा चलिरहेको विभागको स्वीकारोक्ती छ। यातायात ब्यवस्था विभागले पछिल्लो समयमा बिपी राजमार्गमा रातको समयमा सार्वजनिक सवारी चलाउन पनि रोक लगाएको छ।
यो राजमार्गमा १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्था पनि छ।राजमार्गले पूर्वको १५ जिल्लासँगै तराईका सात वटा जिल्लालाई राजधानीसँग जोड्ने सेतुको काम गरेको छ।
राजधानी काठमाडौँबाट बनेपा, सिन्धुलीहुँदै बर्दिबास जोड्ने विपी राजमार्ग ०५२ सालमा निर्माण सुरु गरिएको थियो। यसलाई काठमाडौँ-पूर्वी तराई जोड्ने वैकल्पिक राजमार्गका रुपमासमेत लिइन्छ।
सर्जक तथा स्थानीय युवा अनुपम पौडेलले खिचेका सुन्दर तस्बिरहरु