काठमाडौँ। गायिक तथा सञ्चारकर्मी सविना थापाको स्वरमा ‘फूलबुट्टे सारी’ बोलको नयाँ तीज गीत बजारमा आएको छ।
गीतको लय/शब्द विलन थापा मगरले रचना गरेका हुन्। गायिका सेर्पालाई रुपी सिंजाली र प्रेमा रानाले स्वरमा साथ दिएकी छन्। निर आले मगरको निर्देशन रहेको गीतका भिडियोको कोरियोग्राफिको शसक्त भूमिकामा १४ वर्षीया दिया थापा मगर रहेकी छन्।
नविन घर्ती मगरले म्युजिक भिडियो सम्पादन गरेका छन् भने गीतका दृश्यहरु सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका हुन्। गीतमा सिर्जना किरातीको अभिनय देख्न सकिन्छ।
https://www.youtube.com/watch?v=H_tuZcV10vo&fbclid=IwAR1guQ4iiIn8xfmYk7ZhCCrsDjL4QDe-YR1wfg99HegkS6VImBPoirae1W8