काठमाडौँ। बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत (एसएसपी) अधिकारीलाई एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएकी थिइन्।
ति महिलाको मौखिक उजुरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए। वरिष्ठ अधिकारीमाथि बलात्कार आरोप लागेपछि सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख कविन्द्रमान श्रेष्ठ पनि तालिम केन्द्र पुगेका छन्।