कालिकोट। जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगदिश शाहीलाई प्रहरीले बलात्कारको आरोपमा मंगलबार राति पक्राउ गरेको छ।
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा वडा अध्यक्ष शाहीलाई पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाका अनुासार वडा अध्यक्ष शाहीकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीले आफूमाथि बलात्कार गरेको प्रहरीमा उजुरी दिएपछि शाहीलाई पक्राउ गरिएको हो।
प्रहरीले वडा अध्यक्षसँग सोधपुछ गर्दा आफूले बलात्कार नगरेको प्रतिक्रिया दिएका छन्। सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले ती किशोरी आफ्नो बहिनी नाता पर्ने र उनीसँग कुने अनैतिक सम्बन्ध नरहेको र आफूलाई फसाउन खोजिएको प्रारम्भीक अनुसन्धानका क्रममा बयान दिएका छन्।