प्रधानमन्त्रीको खातामा वाार्षिक ५ लाख अमेरिकी डलर थपिँदै



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्यान्डस्थित स्वीस बैंक खातामा करोडौं रकम जम्मा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ। चीनले बेलाबखत रकम दिन थालेकोले प्रधानमन्त्रीको सम्पति बढ्दै गएको पनि प्रतिवेदनमा भनिएको छ। सो प्रतिवेदन रोनाल्ड ज्याकार्डले तयार पारेका हुन्। ओलीको बैंक खाता मिराबाउड बैंकको जेनेभास्थित शाखामा रहेको छ।

बोउले भार्ड जर्जेज फेभवस्थित भवनमा सो बैंक रहेको छ। प्रतिवेदक ज्याक्वार्डले ओलीको खातामा ५५ लाख अमेरिकी डलर लामो समयदेखि जम्मा रहेको छ। ओली र उहाँकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी आउने गरेको छ।

पहिलो पटक ओलीले प्रधानमन्त्रीको पद सम्हालेका बेला तत्कालीन नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले ओलीलाई कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी लगाउन सघाका थिए। यो सम्झौतामा ओलीका निकटका व्यापारी आङ छिरिङ शेर्पा सहभागी रहेको जनाइएको छ। कम्बोडियाका प्रधानमन्त्री हुनसेन र चिनियाँ राजदूत बो जिआङेओको सहयोगमा ओलीको लगानी कम्बोडियामा सुरक्षित हुन पुगेको उल्लेख छ।

यस्तो गतिविधि ओलीले दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हालेयता निरन्तरता पाएको थियो। चिनियाँ नेताले ओलीलाई रकम दिएको जनाइएको छ। प्रतिवेदनमा चीनले नेपाल जस्ता देशका अरु नेताहरुलाई यसरी रकम दिएर भ्रष्ट बनाउन थालेको उल्लेख गरिएको छ।

चिनियाँ नेताहरूसँग रकम लिएर प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीहरूलाई विभिन्न परियोजना दिएको उल्लेख छ।डिसेम्बर २०१८ मा डिजिटल एक्शन रुमको परियोजना चिनियाँ कम्पनी हुवावेइलाई बिना कुनै प्रतिस्पर्धा दिएका थिए। यो काम गर्न सक्षम नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमलाई यो परियोजनाबाट अलग पारिएको भनिएको छ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराका लागि यो सम्झौता गरिएको थियो। यसैगरी मे २०१९ मा नेपाल टेलिकमले हङकङस्थित चाइना कम्युनिकेशन सर्भिससँग रेडियो नेटवर्क लगायतका सम्झौता गरियो। यो सम्झौता चीनको टेलिकम उपकरण बाउन कम्पनी जेडटीईसँग फोर जी सम्बन्धी सम्झौता भएको थियो। यो परियोजना १९ अर्ब नेपाली रुपैया बराबरको रहेको थियो।

जुन महिनामा ओली सरकारविरूद्ध विद्यार्थीहरुको प्रदर्शन भएको थियो। १० अर्ब नेपाली रुपैया बराबर महामारीविरूद्ध गरिएको खर्चबारे स्पस्टीकरण दिन सो प्रदर्शनले माग गरेको थियो। ग्लोबल वाच एनालाइसिसले आफ्नो प्रतिवेदनमा स्वास्थ्यमन्त्री र ओलीका कोटरीका अन्य बरिष्ठ अधिकारीहरूले स्वास्थ्यसम्बन्धी उपकरण खरिद प्रकरणमा घुस खाएको आरोपको अनुसन्धान जारी रहेकोसमेत उल्लेख गरेको छ।