कालिकोट। जिल्लाको पालाँता गाउँपालिकाले रोजगारी प्रदान गरेको ३७५ जनालाई साउन १ गतेबाट लागू हुने गरी हटाउने निर्णय गरेको छ।
पलाँता गापा र नेकपा पार्टीको विवादका कारण रोजगारी दिएका ३७५ जनालाई पार्टीले हटाउन निर्देशन दिएपछि गाउँपालिकाले रोजगारी दिएका सबैलाई हटाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिएका छन्।
अध्यक्षका अनुसार रोजगारीबाट हटाइएकाहरुमा ३० स्वयमसेवक, ३२ स्वास्थ्यकर्मी, ४२ जना बन चौकिदार, १५५ निर्माणदल, ६२ जना शिक्षा तर्फका कर्मचारी, ११ सिविल प्राबिधिक, २ कृषि प्राबिधिक, १३ उर्जा तर्फका कर्मचारी, १ वन कर्मचारी, १ खानेपानि कर्मचारी, १३ महिला सशक्तिकरण कार्यक्रमका कर्मचारी, १३ जना प्रसासनका श्रेणि विहिन कर्मचारी रहेका छन्।
पलाँता गापाले नेपालमै पहिलो पटक स्थानीय युवाहरुलाई निर्माण कार्यदल बनाई रोजगारी दिएको थियो। युवाहरुलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गरेर चर्चा पाएको पलाँता गापाले यो आर्थिक वर्षमा भने पार्टीभित्रको आन्तरिक कलहका कारण रोजगारी पाएका ठूलो जनशक्तिलाई हटाउने निर्णयमा पुगेको गाउँपालिका बम बताउछन्।
‘पलाँतालाई यो उचार्इसम्म पुर्याउनमा निर्माण कार्यदल र अन्य कर्मचारीको ठूलो योगदान रहेको बताउदै अध्यक्ष बमले भने,‘मैले सरकारको तर्फबाट रोजगारी दिएका पलाँताका युवाहरुलाई हटाउने निर्णय गर्दा म निर्वाचित भएर आईसकेपछिको कार्यकालकै सबैभन्दा कालो दिनको रुपमा मैले यो दिनलाई लिने छु, निर्माण कार्यदलले पलाँता विकासको लागि खेलेको भुमिका मैले भनिरहनु पर्दैन।’
उनले अगाडि भने, ‘पार्टीले दिएको आदेश कार्यन्वयन गर्ने मेरो कर्तव्य हो। अरु त के नै भन्न सकिन्छ?’ पलाँतामा हुने गरेका बेला बेलाका बिवादहरुलाई मिलाउनको लागि नेकपा जिल्ला कमिटीको समन्वयमा पलाँताको स्थानीय पार्टी र पलाँता सरकारबीच ११ बुदे सम्झौता पत्र भएको थियो।
११ बुदे सम्झौता पत्रमा पलाँता सरकारले रोजगारी दिएका निर्माण कार्यदल र अन्य कर्मचारीलाई हटाउनुपर्ने माग राखिएकोले सबैलाई रोगजारीबाट बिदा गर्न लागिएको अध्यक्ष बमले बताए।
निर्माण कार्यदलका युवाहरुले नै पलाँता समृद्धिको दिसातिर उन्मुख भएको हो तर आज हटाउनु पर्ने बाध्यताले आफु दुखि भएको गाउँपालिका अध्यक्षको बताए।