सीमाका बाँध हटाउन सरकारलाई सुशासन समितिको निर्देशन


काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण नेपालको तराई क्षेत्र डुवानमा परेको दाबी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको दाबी गरेका हुन्। उनले यस्ता गतिविधिहरुलाई हस्तक्षेपको संज्ञा दिए।

‘उनले भने, ‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो। उनीहरुले आफ्नो हित हेरे। तर, नेपालको हितलाई ध्यान दिएनन्। भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए। सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन।’

मन्त्रीसँगको छलफलपछि नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई समितिले निर्देशन दिएको छ।