को हुन् १ लाख घुस दिनेलाई पक्राउ गर्ने प्रहरी निरिक्षक रिमाल


दाङ। दाङ लागुऔषध कारोबारको केन्द्रविन्दु मानिन्छ। पहाडी जिल्लाहरुमा उत्पादन हुने लागुऔषधसँगै ब्राउन सुगरजस्ता लागुऔषधको कारोबार हुन्छ भन्ने प्रहरीको तथ्यांकले नि देखाउछ।

विशेष गरि बजार क्षेत्रमा हुने ओसारपसार एवं लागुऔषध दुव्र्यसन रोक्नकालागि प्रहरी निरन्तर लागिरहेको प्रहरीले बताउने गरेको छ। वडा प्रहरी कार्यालय घोराहीमा आउने हरेक प्रहरी निरिक्षकहरुकालागि बढि प्राथमीकताका विषय भनेको गुण्डागर्दि नियन्त्रणसँगै लागुऔषध नियन्त्रण नै हुन्छ।

हालका वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालले पनि सरुवा भएर आएपछिको पत्रकारहरुसँगको पहिलो भेटमा आफ्ना प्राथमीकताका विषय सुनाउँदा लागुऔषध नियन्त्रण पनि भएको बताउनुभएको थियो।

लागुऔषध ओसारपसार र प्रयोगलाई सक्दो नियन्त्रण गर्ने उहाँको प्रतिवद्धतालाई कार्यान्वयन गर्नकालागि लागुऔषध नियन्त्रणकालागि क्रियाकलाप बढाएको छ।

असार २७ गते शुक्रवार राति घोराहीको मिलनचोक आसपासबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ ग¥यो। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सागर केसी भनिने दुर्गाराम खत्रीलाई पक्राउ ग¥यो।

राति पक्राउ परेकाले प्रहरीले थप सोधपुछ गर्न पाएको थिएन। शनिवार विहानैदेखी वडा प्रहरी कार्यालय प्रमुख रिमाललाई फोन आउन थाल्यो­ ‘सागरको केश मिलाईदिनुप¥यो सर, बरु सुधार केन्द्रमा पठाईदिनुस्।’

पक्राउ परेकासँग प्रहरीले थप सोधपुछ गर्न नपाउदै मिलाई दिनुप¥यो भन्दै फोन आएको रिमालको भनाई छ। यो केश मिलाईदिनुपर्छ भन्ने मात्र होईन उनीहरुले रिमालसँग राम्रो चिनजान भएका व्यक्तीहरुमार्फत पनि भन्न लगाए । तर रिमालले नियम अनुसार हुने भनेर जवाफ मात्र दिए। तर, फोन गर्नेहरु झन् पछि झन् सक्रिय हुन थाले उनीहरु कार्यालयमै पुगेर जुनियर प्रहरी अफिसरहरुसँग पनि ‘सागरको केश मिलाइ दिनुप¥यो, बरु हामीले के गर्नुपर्छ’ भनेर भन्न थाले।

जुनियर प्रहरी अफिसरहरुले यस्ता कुरा नगर्नुस् भने। उनीहरु फ्रेस ईन्स्पेक्टर भएर होला भन्दै कार्यालयबाट निस्कीए। तर, उनीहरु यत्तिमै रोकीएनन्। अटेरी गर्दै वडा प्रहरी कार्यालयका प्रमुख रिमालसम्मै पुगे।

शनिवार बेलुकी करिब पाँच बजेतिर उनकै कार्यकक्षमै पुगेर यो लागुऔषधको मुद्धा मिलाई दिनुप¥यो भन्दै आर्थिक प्रलोभन पार्न खोजेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गर्यो। उनीहरुले मुद्धा मिलाई दिनुप¥यो भन्दै एक लाख ५० हजार दिन खोज्दा पक्राउ गरिएको प्रहरीको भनाई छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ सुपैलाखुटि बस्ने २७ वर्षको गोविन्द शाह र स्वर्गद्धारी नगरपालिका वडा नम्बर ५ भिग्री घर भई हाल लमही नगरपालिका वडा नम्बर ५ बस्ने ३० वर्षका समीर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत डिएसपी सुमीत खड्काले जानकारी दिए।

उनीहरुलाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा पठाईएको खड्काले जानकारी दिए। प्रहरीको यस कार्यले प्रहरी प्रशासनप्रतिको विश्वनियता थप बलियो बनेको चर्चा हुन थालेको छ।

साभार: राप्तिसन्देश डटकम