जिप्रका सुर्खेतको हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि


सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षमा रहेका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि हिरासत कक्ष सील गरिएको छ।

हाडनाता करणीमा असार १४ गते पक्राउ परेका वीरेन्द्रनगरका ३६ वर्षीय पुरुषमा २६ गते कोरोना संक्रमण पुष्टि भएको जिप्रकाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार अनुसन्धानका क्रममा हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा पठाइको छ। पीडित र पीडकको सम्पर्कमा रहेका आफन्त, प्रहरी र अन्यसहित २२ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाईएको भट्ट बताउछन्।

श्रीमान विदेशमा रहेका ति महिलाले आफूमाथि पटक–पटक बलात्कारको प्रयास भएको भन्दै माइतीको सहयोगमा असार १४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

सोही दिन पक्राउ परेका ति पुरुषलाई हिरासतमा राख्नुअघि पीडितको (आरडीटी) चेकजाँच गरिएको थियो। आरडीटी जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन्।