आजको मौसमको पूर्वानुमान: कहाँ-कहाँ छ जोखिम ?


काठमाडौँ। आज कोशी, कमला, बागमती र नारायणीमा बहाव सतर्कता आसपास हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

कन्काईमा जलस्तर खतरा तहसम्म पुग्न सक्ने छ। प्रदेश १, २ र ५ को चुरे र तराईबाट बहने साना नदीमा आकस्मिक बाढी हुने उच्च सम्भावना रहेको छ। झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा जिल्ला लगायत प्रदेश २ भई बहने साना नदीमा बहाव उच्च हुने महाशाखाको भनाइ छ। तराईको डुबान भइरहने होचा स्थानमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

रातिदेखि नै ईलाम, झापा, मोरङ, सुनसरी,उदयपुर, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर र आसपास मध्ययमदेखि भारी वर्षा भएकोले विरिङ, निन्दा, कन्काई, मावा–रतुवा, लोहन्द्रा, चिसाङ खोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बालन, खुट्टी चुरियाखोला, माउली, बकैया र आसपासको तटिय क्षेत्रमा रहनेलाई पूर्वसूचनाको एसएमएस पठाइएको छ।