कथा: फेसबुके ज्योतिष


करिब दुई महिनाको लकडाउन अवधीपछि आज साथीसँग गफिने मौका जुर्यो। भेट्न साथ उसले भन्यो,‘के हो भेट्घाट गर्नै छोड्यौ त? मैले भने ‘अरे यार भेट्घाट भैराछ त। तिमी छ बजे बिहानै उठेर रेस्टरुम गयौं। फेरि फ्रेस भयौ। त्यसपछी तिमी जिम गयौ। हल्का ज्यान घटायौ। ६८ केजि रैछौ। मुख बिगार्यौ। चिन्ता लियौ। फेरि बाइक चढ्यौ। घर पुग्यौ। फ्रेस भयौ। खाना खान रेस्टुरामा पुग्यौं।

आज खानमा सलाद थिएन तिम्रो। साहुजिले लकडाउनले सलाद न आएको कुरा दसार्यो। तिमीले फेरि मुख बिगार्यौ। खाना खाएर फेरि कार्यालय जान तयार भयौ। धेरैपछि आफ्नै ड्रेस चेक गयौ। बाइक चलाउन कार्यालयको आइडी झुन्ड्यायौ कार्यालय पुग्यौ। हाजिर गर्यौ। समाचार हेर्यौ। लक्डाउनपछिको पहिलो दिन थियो तिम्रो कार्यालय खुलेको।

कामको लागि पहिलो सेवा ग्राही आयो। काम गर्यौ पठायौ। अझ तिमी भन्छौ भेट्घाट छैन ? फेरि दिउँसो कोही पनि सेवाग्राही आएन। तिमी बोर भयौ। गेम खेल्यौ। टाइम पास गर्यौ। फेरि घर जाने समय भयो। निस्केउ, बाइक चढ्यौ। मासु पसल गयौ। मासु किनेउ डाइट खाने सोच गर्यौ। जुस किन्यौ। तिम्रो फोन आयो। घर पुग्यौ। घरमा तिम्रो साथी आएका रछ्न्। लकडाउनपछि पहिको पटक भेटेको साथी रैछन तिनी। तिम्रो अघिको मासु कामलाग्ने भो। रमाइलो गर्ने मुड बनायौ। मदिरा पसल छिर्यौ। उधारो एक आधा बोट्टल रम ल्यायौ। तिमीले आफै मासु भुट्यौ। खान तयार भयौ। हल्का रमाइलो गयौ। अब नाच्ने मुड बन्यो।

गीत बजायौ। मुन्नि बदनाम हुयि डार्लिंङ तेरे लिय… मुन्नी सम्झेउ। मुन्निलार्इ फोन गर्यौ। आज लास्टै तिम्रो याद आयो यार भन्यौ। अर्को फोनमा रिङ्ग बज्यो मुटु लेखेको थियो। मुटुको फोन कायौ। मुन्निलार्इ तिमी त मेरो मुटु हौ। फोक्सो होउ। तिमी बिना सास फेर्न म बिर्सन्छु भन्यौ। यता मुटुले २० कल पुरार्इ सकेको थियो। मुन्निलार्इ होल्ड गर्यौ। एकै छिन है रेस्टरुम जान्छु भनेर। लास्टमा रिसिभ गर्यौ।

मुटु बोल्यो कता बिजि हो बुढा? रिसिभ गर्दैनौ त? तिमी बोल्यौ। आज अफिसमा सेवाग्राही धेरै आका थिए। काम गर्दा थकार्इ लागेको छ। म निदाएछु। सुत्छु ल बुडिआइ लभ यु बुडि। बाइ। एक मिनेटमा बाइ यति बोल्यौ। मुन्नि होल्ड्मै थिइन। हेल्लो मुन्नी बोयौ। मुन्निको जवाफ आयो एति चाडो के कुन चाहिँ रेस्ट गर्यौ। डार्लिङ्ग? तिमी बोल्यौ। हल्का तौल घटाए। तिम्रो आसाए थियो। मुटुको कलले तनाव गरेको बोलेर कम भाको। अनि तिमी भन्छु भेट्घाट छैन ?

अनि उसले भन्यौ। कसरी हो यो सबै तिमी अन्तरयामी कि जोतिष हो क्या हो? मैने कहाँ? मेरे दोस्त समाजिक सञ्जाल अन्तरयामी बनाउने अस्त्र हो। यो सङ्ग मितेरी लगायौ। अन्तरयामी विद्या सायदै पढ्नुपर्छ होला? अनि जोतिष विद्या पनि । उ ट्वाँ।

यो सबै उसले आफ्नो सामाजिक सञ्जालमा पोस्ट्याएको थियो। उसलाई थाहा थियो। तर, बुझ्न सकेको थियन। फेस्बुके जोतिष विद्यालाई। म हरिलण्ठुले पनि यो लकडाउनमा फेसबुक हेर्ने काम बाहेक केही लछारपछार लाउन सकेको थिइन। मनमनै सोचे बडो खत्रा रैछ यो फेसबुक जोतिषी। कमसेकम साथीको मुख्मा त बुझो लगार्इदियो।