बाढीपहिरो: भारत र पाकिस्ताद्वारा दुःख व्यक्त


काठमाडौँ। बाढीपहिरोले नेपालमा पुर्याएको धनजनको क्षतिप्रति भारत र पाकिस्तानले दुख व्यक्त गरेका छन्।

पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन्। विदेशमन्त्री कुरैशीले ट्वीटरमा लेखेका छन्, ‘बाढी र पहिरोले उत्पन्न संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं। हामी नेपाली जनताको साथमा छौं र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं।’

यसैगरी नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ। सिन्धुपाल्चोकलगायत नेपालका बिभिन्न जिल्लामा बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दुःखी छौं,’ भारतीय दूतावासले लेखेको छ, ‘आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं।’

शुक्रबार साँझ ७ बजेसम्म नेपालका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता छन्। २६ जना घाइते भएका छन्।

बुधबार राति मात्रै सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोमा परेर २ जनाको मृत्यु भएको थियो भने २० जना वेपत्ता भएका छन् । बाढी पहिरोले पुल, सडकलगायतका भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ।