भारतीय टिभी जीन्यूजले माग्यो नेपालीसँग माफी


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमा मागेको छ। नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो।

जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं। तर, भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं।’

उसले अगाडि भनेको छ, ‘हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं। हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ।’ तर, जी न्यूज च्यानलले उक्त सामग्री यूट्यूबबाट हटाएको भने छैन ।