विदेशमा रहेका श्रमिकहरुको सुरक्षामा सरकार असफल


काठमाडौँ। राप्रपा समर्थित ट्रेड युनियन महासंघ, नेपाल ‘टुकोन’ का अध्यक्ष हिक्मत जङ्ग भण्डारीले रेमिट्यान्स पठाएर देश चलाईदिने श्रमिकहरुलाई सुरक्षा दिन सरकार असफल भएको आरोप लगाएका छन्।

शुक्रबार विभिन्न १० बुँदे माग रोखेर राजधानीको माईतिघर मण्डलामा धर्नामा बसेका अध्यक्ष भण्डारीले वैदेशिक रोजगारीमा गएर तातो घाममा खटिएर नेपालको अर्थतन्त्रमा आधाहिस्सा धानेका नेपाली श्रमिकहरुको र नेपालमै दुःख गर्ने श्रमिकहरुको पनि उचित व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएका हुन्।

धर्नामा बसेका भण्डारीले भने, ‘मुलुक र जनता कारोना भाईरस (कोभिड-१९) ले पुर्याएको महामारीले तहसनसह हुँदै गएको बेला जनताको जिऊ–धनको सुरक्षामा चुस्त ढङ्गले लाग्नुपर्नेमा सरकारले लाप्रबाही गरेको छ। यस्तो बेलामा सरकार सक्रिय भएर जनताको स्वास्थ्यलाई बचाउनुपर्ने हो। तर, त्यसको ठिक उल्टो खेलवाड गरेको छ।’

महासंघले क्वारेन्टिनलाई व्यवस्थित गर, पीसीआर परिक्षणको दायरा बढाउ, गुणस्तरिय स्वास्थ सामग्री उपलब्ध गराउ, कोरोनाको नाममा भ्रष्टाचार बन्द गर, किसानलाई रासायनीक मल, बिउ उपलब्ध गर, सबै श्रमिकहरुको रोजगारी सुनिश्चित गर, लकडाउन अवधिको पारिश्रमिक कटौती नगर, श्रमिकहरुलाई कार्य स्थलमा सुरक्षाको व्यवस्था गर, स्वरोजगार श्रमिकहरुको जीविकोपार्जनको प्रत्याभूति गर, प्रवासी श्रमिकहरुको व्यवस्थापन गर जस्ता नाराहरु लेखका ब्यानरहरु बोकेका थिए।

तस्बिर मुकुन्द कालिकोटे