सिभिल मल व्यापार संघले बुझायो चावी


काठमाडौँ। कोरोनाका कारण व्यापार नभएको र भाडा तिर्न नसकेको भन्दै सिभिल मल व्यापार संघले सञ्चालकहरुलाई चावी हस्तान्त्ररण गरेको छ।

शुक्रबार संघका अध्यक्ष रत्नबहादुरको हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ, ‘यसरी ब्यापारीको मर्म र भावनालाई ठेस पुर्याउँदै लाखौ लगानी, करोडौँको राजश्व, दशौ हजारको रोजगारी तथा त्यसबाट आश्रित परिवारको भविष्यको अवस्था संकटमा पर्ने साथै कारोनाको प्रकोपले भविष्यमा पार्ने असलाई मूल्याङ्कन गर्दै ब्यापारीहरु पलायन हुने अवस्था आइसकेको अवस्था छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, हामीले भाडा बहाल रकम भुक्तानी गर्न नसक्ने भएकाले हामी सम्पूर्ण ब्यापारीहरुको पसलको चावी सञ्चालकलाई सामूहिक रुपमा हस्तान्त्रण गर्न बाध्य बनेका छौं। साथै वार्ताका लागि सम्पूर्ण ब्यापारी, सिभिलको ब्यावसयाी बातावरण बचाइ राख्नका लागि मल सञ्चालक र ब्यापारी दुबै पक्षलाई गम्भीर भइ सन्तुलित सहमतीका लागि र्हािर्दक अपलि गर्दछ।’