‘रोल्पाली दाई’ को पहिलो गीत बजारमा भिडियोसहित)


काठमाडौँ। नेपाली गीत संगीतको क्षेत्र अहिले कोरोनाका कारण नाजुक बनेको छ।

तीज पनि नजिक आउदै छ। तीज गीत पनि बजारमा बिस्तारै आउदै छन्। यहि क्रममा रोल्पाली दाई खिम घर्ति मगरको पहिलो गीत निस्ठुरी बजारमा आएको छ गैरी खेतमा जौ, निस्ठुरी मायालाई बिर्सनै भो धौ’ बोलको गीत बजारमा आएको छ।

खिम घर्ति मगर ‘रोल्पाली दाइ’ र सोनिया डिसिको स्वरमा रहेको गीतलाई वीरेन्द्र खडका ‘बेस्टु’ ले सब्द संगीत भरेका छन्। संकरा डिजिटल स्टुडियोले गीत रेकर्ड गरेको छ।

वीरेन्द्र ओलीको निर्देशन, प्रकाश खडकाको छयांकन र दिपक बिष्टको सम्पादन रहेको भिडियोलाई जलजला टिभीले बजारमा ल्याएको छ। जलजला टिभीको अफिसियल युटुब च्यानलमा उक्त गीतको भिडियो हेर्न सकिन्छ।