हावाबाट सर्ने कोरोनाभाइरसबारे जान्नैपर्ने कुराहरु


काठमाडौँ। कोरोनाभाइरसका संक्रमणबारे लामो समयदेखि गरिँदै आएको ‘डरलाग्दो’ अनुमान आखिर सत्य साबित भएको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस ‘हावाबाट पनि सर्न सक्ने’ बढ्दो प्रमाणहरुलाई अन्तत: स्वीकारेको छ।

संसारमा कोरोनाभाइरसको महामारी पहिलोपटक पत्ता लागेको सातमहिनाभन्दा बढी भएको छ। अझै पनि यस भाइरस, यसको संक्रमण फैलिने तरिका जान्न तथा यसले लगाउने श्वासप्रश्वाससम्बन्धी रोग कोभिड-१९ लाई कसरी नियन्त्रण गर्नेभन्नेबारेमा सही ढंगले थाहा पाउन निरन्तर कोशिश गरिरहेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमितबाट निस्काशित ‘थुकको छिटाहरु’ बाट सर्ने गर्छ। यो भनेको संक्रमितसँगको प्रत्यक्ष सम्पर्क, संक्रमित भएका सतहहरुको अप्रत्यक्ष सम्पर्क, संक्रमितले खोक्दा वा हाँच्छिउ गर्दा निस्कने थुक–र्यालका छिटाहरु तथा र्याल–सिंगानबाट यो सर्ने गर्छ।

अहिले आएर यो भाइरसको संक्रमण हावाको माध्यमबाट पनि सर्ने सम्भावना देखिएको छ। यसले सिर्जना गर्ने प्रभाव र असरबारे अहिले वैज्ञानिक जगत्मा बहस सिर्जना भएको छ।

के हो हावाबाट सर्ने भनेको ?

लामो समयदेखि विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमित मानिसको नाक मुखबाट निस्कने श्राव थुक, सिंगानको स–साना छिटाहरुबाट सर्ने गर्छ। त्यसरी सर्ने क्रिया छोटो समयका लागि हुने गर्छ। अर्थात्, त्यस्ता छिटाहरु हावामा केहीबेर मात्रै तैरिने गर्छ र त्यसबेलामा मात्रै सर्न सक्ने सम्भावना बढी रहन्छ भन्याे।

केही वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले यो भाइरस एरोसोल भनिने थुकका छिटाभन्दा पनि साना कणहरुबाट समेत सर्न सक्ने कुराको प्रमाणतर्फ लगातार इंगित गरिरहेका छन्। सामान्यत: जब मानिस चिच्याउँछन् वा गीत गाउँछन्, उनीहरुको स्वासको माध्यमबाट निस्कने त्यस्ता एरोसोलहरु लामो समयसम्म हावामा तैरिइरहन्छ र खोक्दा हाँच्छिउ गर्दा निस्कने छिटाहरुभन्दा पनि परसम्म तैरिएर पुग्ने गर्छन्।

तर केही वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले यो भाइरस एरोसोल भनिने थुकका छिटाभन्दा पनि साना कणहरुबाट समेत सर्न सक्ने कुराको प्रमाणतर्फ लगातार इंगित गरिरहेका छन्। सामान्यत: जब मानिस चिच्याउँछन् वा गीत गाउँछन्, उनीहरुको स्वासको माध्यमबाट निस्कने त्यस्ता एरोसोलहरु लामो समयसम्म हावामा तैरिइरहन्छ र खोक्दा हाँच्छिउ गर्दा निस्कने छिटाहरुभन्दा पनि परसम्म तैरिएर पुग्ने गर्छन्।

यो छिटाहरुको संक्रमणभन्दा किन फरक छ?

खोक्दा वा हाँच्छिउ गर्दा निस्कने छिटाहरु अलि ठूला आकारका हुन्छन्। तिनीहरु पाँचदेखि १० माइक्रोमिटरकसम्मका हुने गर्छन् र तिनीहरुले ओगट्ने क्षेत्र एकदेखि दुई मिटर ९ तीनदेखि ६ फिट० सम्म हुने गर्छ।

तर स्वासको माध्यमबाट निस्कने एरोसोलहरु आकारमा ५ माइक्रोमिटरभन्दा पनि ससाना हुने गर्छन्। र, त्यस्ता एरोसोलहरु संक्रमित व्यक्ति बसेको ठाउँबाट २ मिटरभन्दा टाढासम्म पनि पुग्न सक्छन्।

बेलायतका कन्सल्टेन्ट माइक्रोबायोलोजिष्ट स्टेफेनी डान्सरका अनुसार, ‘नयाँ कोरोनोभाइरस श्वासप्रश्वास प्रणालीबाट निस्कने छिटाहरु तथा एरोसोल दुवैमा प्रयोगको अवस्थामा तीनघण्टासम्म बाँच्ने गर्छन्। तर यो कुरा तापक्रम, आद्रता, अल्ट्राभायोलेट प्रकाश तथा अन्य विभिन्न प्रकारको कणहरुको उपस्थिति आदिमा पनि निर्भर गर्दछ।’

बेलायतका कन्सल्टेन्ट माइक्रोबायोलोजिष्ट स्टेफेनी डान्सरका अनुसार, ‘नयाँ कोरोनोभाइरस श्वासप्रश्वास प्रणालीबाट निस्कने छिटाहरु तथा एरोसोल दुवैमा प्रयोगको अवस्थामा तीनघण्टासम्म बाँच्ने गर्छन्। तर यो कुरा तापक्रम, आद्रता, अल्ट्राभायोलेट प्रकाश तथा अन्य विभिन्न प्रकारको कणहरुको उपस्थिति आदिमा पनि निर्भर गर्दछ।’

‘माइक्रोस्कपले मात्र देख्न सकिने त्यस्ता एरोसोलहरु कोठाभित्रको वातावरणमा ६ मिटर परसम्म पुग्ने गर्छन्, अझ हावाको वहाव हुने क्षेत्रमा त त्यो भन्दा पनि परसम्म पुग्ने सम्भावना पनि छ। त्यसले पार गर्ने दूरी त्यो एरोसोलको आकार कत्रो छ भन्ने कुरामा पनि भर पर्छ,’ उनी भन्छन्।

हावाबाट कोभिड–१९ कसरी फैलिइरहेछ ?

छिटाहरु फैलिजस्तै, एरोसोल पनि स्वास फेर्दा, बोल्दा, हाँस्दा, खोक्दा, हाँच्छिउ गर्दा र चिच्याउँदा पनि प्रवाहित भइरहेको हुन्छ।

‘सास फेर्दा मात्रै त्यस्ता एरोसोलहरु परसम्म पुगिरहेका हुँदैनन् तर चिच्याउँदा, गाउँदा, खोक्दा र हाँच्छिउ गर्दा त्यस्ता एरोसोलहरु हावामा विभिन्न गतिमा फैलिइरहेका हुन्छन्, ’डान्सर भन्छन्, ‘एएटा व्यक्तिको त्यस्तो पार्टिकलमा संक्रमित तुल्याउन सक्ने गरी पर्याप्त मात्रामा भाइरस नहुन सक्छ तर तपाईं त्यस्ता एरोसोल वा छिटा भएका वातावरणमा लामो समयसम्म बसिरहनुहुन्छ वा सास फेरिरहनुहुन्छ भने एउटा समयमा त्यस्ता भाइरसहरु पर्याप्त भएर तपाईंको नाक, मखु र श्वासप्रश्वास नलीमा प्रारम्भिक संक्रमण गराउन सक्छ।’

‘सास फेर्दा मात्रै त्यस्ता एरोसोलहरु परसम्म पुगिरहेका हुँदैनन् तर चिच्याउँदा, गाउँदा, खोक्दा र हाँच्छिउ गर्दा त्यस्ता एरोसोलहरु हावामा विभिन्न गतिमा फैलिइरहेका हुन्छन्’ हावाबाट संक्रमण फैलिने सम्भावना केही चिकित्सीय प्रक्रियामा पनि हुने सम्भावना रहन्छ जहाँ विरामीले एरोसोल निस्काशित गरिरहेका हुन्छन् र त्यसले स्वास्थ्यकर्मीहरुलाई खतरामा पारिरहेको हुन्छ।

‘नेबुलाइजर, ब्रोङ्कोस्कोपी, इन्ट्युबेसन, दाँतका उपचार वा सक्सन लगायत अन्य मुखको माध्यमबाट गरिने प्रक्रियाका दौरानमा एरोसोलको माध्यमबाट कोरोनाभाइरस संक्रमण फैलिन सक्छ, ’एसोसिएसन अफ फिजिसियन अफ पाकिस्तानी डिसेन्ट अफ नर्थ अमेरिका (APPNA) का सभापति नाहिद उस्मानी भन्छन्। उनका अनुसार, यो प्रक्रिया मूलतः स्वास्थ्यकर्मीहरुका लागि पनि जोखिमपूर्ण नै छन् जसले ती प्रक्रियाहरु एन९५ लगायत पीपीई लगाएर नै पनि कार्यान्वयन गरिरहेका हुन्छन् ।

के हावाबाट सर्न सक्ने कोभिड–१९ कम संक्रामिक हुने गर्छ ?

ठूला छिटाहरुका विपरीत हावाबाट सर्ने कोरोनाभाइरसको संक्रामकताबारे अझै विवाद नै छ। विश्व स्वास्थ्य संगठनले लामो समयदेखि संक्रमणको मुख्य स्रोत छिटाहरुलाई नै मान्दै आएको छ, तर यसले कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने ‘प्रमाणहरु फेला पर्दै गरेको’ कुरालाई पनि स्वीकारेको छ।

‘सार्वजनिक स्थानहरुमा हावाको माध्यमबाट सर्न सक्ने सम्भावना देखिएको छ, खासगरी, भीडभाडयुक्त स्थान, बन्द कोठा तथा राम्ररी हावा आवातजावत हुने नसक्ने ठाउँहरुमा त्यो हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन’

‘सार्वजनिक स्थानहरुमा हावाको माध्यमबाट कोरोनाभाइरस सर्न सक्ने सम्भावना देखिएको छ, खासगरी, भीडभाडयुक्त स्थान, बन्द कोठा तथा राम्ररी हावा आवातजावत हुने नसक्ने ठाउँहरुमा त्यो हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन, गत हप्ता प्रेस सम्मेलनमा विश्व स्वास्थ्य संगठनका इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोलका टेक्निकल लिड बेनेडेट्टा एलेग्रान्जीले भनेका थिए।

खासगरी, ३२ देशका २३९ जना वैज्ञानिकहरुका समुहले एउटा खुलापत्र लेख्दै खासगरी, भित्री स्थानहरुमा, बन्द कोठाहरुमा र राम्ररी हावा आवातजावत गर्न नसक्ने भीडभाडयुक्त वातावरणमा हावाबाट संक्रमण सर्ने ‘वास्तविक खतरा’ विद्यमान रहेको तथ्य अघि सारेपछि विश्व स्वास्थ्य संगठनले मुख फोरेको थियो।

सो पत्रमा हस्ताक्षर गर्ने डान्सरका अनुसार, ‘मुख्य स्रोतबाट जति टाढा रहिन्छ, त्यति नै संक्रमण सर्ने सम्भावना कम रहन्छ ।’ त्यसै गरी, युनिभर्सिटी अफ कोलोराडोका रसायनविद् जोसे लुइस जिमेनेजको अनुसार, ‘एक घण्टा वा सोभन्दा बढी समय बितेपछि भाइरसको प्रभावकारिता पनि घट्दै जाने गर्छ।’

बच्न के गर्ने ?

सदैव मास्कको सही प्रयोग र उचित सामाजिक दूरी राख्ने कुरा नै भाइरसको संक्रमणबाट बच्नका लागि दिइने सुझाव हो।विज्ञहरु भीडभाडयुक्त ठाउँमा नजाने, सकेसम्म सार्वजनिक यातायात र सार्वजनिक भवनहरुमा नजान सल्लाह दिने गर्छन्।

‘स्कुल, अफिस र अस्पतला जस्ता स्थानका साँघुरा ठाउँहरुमा सही भेन्टिलेसनको व्यवस्था तथा हावा सहजै आवात जावात हुने बन्दोबस्त गरिएमा पनि संक्रमणको सम्भावना घटेर जाने’ जिमेनेज बताउँछन्।

अलजजिरामा प्रकाशित सबा अजिजको रिपोर्टको नेपाली रुपान्तरण