काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ।
बाढी पहिरोको विपतको समयलाई ध्यानमा राखेर नेकपाले जारी स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी जानकारी दिएका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित।’
देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केका को तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।
— NKShresthaPrakash (@nksthaprakash) July 10, 2020
पूर्वयोजनाअनुसार नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने कार्यक्रम थियो। बैठकमा ओली इतर समूहले फेरि पनि प्रधानमन्त्रीको राजीनामाको कुरा उठाउने तयारी गरेको थियो।
नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक किचलो उत्कर्षमा पुगेको छ।
प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने अडान लिएका छन्। प्रचण्ड–माधव नेपाल पक्षले भने ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद छोड्नु पर्ने भनेर दबाव दिँदै आएको छ।