प्रतिष्ठानका चिकित्सक र कर्मचारीलाई घर पठाइयो


जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका स्वास्थ्यकर्मी र कर्मचारिलाई आज आसोलेसनबाट घर पठाइएको छ।

१४ दिनपछि परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाइ १४ दिनसम्म होम कवारेन्टिनमा बस्ने गरि होटेलमा पठाइएको अस्पताल ले जनाएको छ।

अस्पताल कर्मचारीसहित सुत्केरी र उनका अठार दिने शिशुसहित २४ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका हुन्।

प्रतिष्ठानका अनुसार आइसोलेसनमा १२ जना रहेका छन्। कोरोना रिपोर्ट नेगेटिभ आएर आइसोलेसनबाट घर फर्किने क्रममा खादा ओडाएर विदाई गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सुरक्षित हुन अनुरोध गरेका थिए।

प्रजिअ थापाले चिकित्सकहरुको सुझाबलाई मनन गर्दै व्यक्तिगत अनुशासन र सामाजिक दुरी कायम गर्न आग्रह गरे।

यस पटक कोरोना संक्रमणबाट निको हुनेमा सुत्केरी महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरु रहेका छन्।

यसअघि पनि भारतबाट आएका केही व्यक्ति र क्वारेन्टिन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी २६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्केका थिए।

यहि असार ९ गते अस्पताल कर्मचारिहरुलाइ कोरोना पोजेटिभ देखिएको थियो।