नेपालका बारेमा अनर्गल प्रचार गर्ने भारतीय च्यानलहरु बन्द


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र चीनियाँ राजदुत होउ यान्छीलाई जोडेर भारतीय मिडियाहरुले आपत्तिजनक विषयहरु प्रसारण गरेका कारण नेपालमा भारतीय च्यानलहरु बन्द गरिएका छन्।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेको जनाकाए हुन्। वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको जनाएका छन्।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको हो।